news
2078-08-21 बेलबारीमा प्रथम मोरङ जिल्ला स्तरीय डोरितान प्रतियोगिता सञ्चालन हुँदै
बेलबारी, २१ मङ्सिर । बेलबारीमा मोरङ जिल्ला स्तरीय डोरीतान प्रतियोगिता सञ्चालन हुने भएको छ । आज (मङ्गलवार) बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक संस्था डोरीतान नगर कमिटी बेलबारीले उक्त जानकारी गराएको हो ।
मङ्सिर २५ गते सञ्चालन हुने प्रतियोगितामा मोरङ १७ वटा पालिकामध्ये १४ वटा टिमले सहभागिता जनाउने बेलबारी डोरी तान नगर समितिका अध्यक्ष शीतल रायले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा डोरीतान प्रदेश समितिका सचिव युवराज चौधरी, जिल्ला सचिव लक्ष्मण बुढाथोकी लगायतको सहभागिता रहेको थियो । बेलबारी –४ मा रहेको बेतना युनाइटेड खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले ५१ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र पाउनेछन भने उपविजेताले ३५ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाण पत्र पाउने छन् ।
डोरीतान पुरानै खेल भए पनि योे संस्थागत हुने क्रममा रहेको छ । पछिल्लो समय ४५ वटा पालिकामा डोरीतानको समिति गठन भइसकेको छ । मोरङका भने सबै पालिकामा यसको समिति गठन भइसकेको बताइन्छ ।